२०७८ बैशाख ७ गते , मंगलवार

कोरोनाबाट थप एक जनाको मृत्यु, आज थपिए १२८ जना संक्रमित

कोरोनाबाट थप एक जनाको मृत्यु, आज थपिए १२८ जना संक्रमित :: Times of Pradesh

झापा । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। हालसम्म देशभर ३ हजार ३२ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा छ।

२७ सय २७ मा कोरोना परीक्षण गर्दा १ सय २८ जनामा कोरोना पुष्टि भएको छ। देशभर कुल संक्रमित २ लाख ७७ हजार ७ सय ६८ छन्। २२ लाख ८१ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ।

यसैगरी, संक्रमणमुक्त १ सय ६१ भएका र कुल २ लाख ७३ हजार १ सय २३ जना संक्रमणमुक्त भइसकेका छन्। क्वारेन्टाइनमा ५९ जना र आइसोलेसनमा १६ सय १३ जना छन्।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment