२०७८ बैशाख ७ गते , मंगलवार

झापामा आफन्तबाटै १४ बर्षीया बालिका बलात्कृत

झापामा आफन्तबाटै १४ बर्षीया बालिका बलात्कृत :: Times of Pradesh

झापा । झापामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  विगत तीन वर्षदेखि आफैले संरक्षण गरेर घरमा राखेको नातेदारमा पर्ने बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । आफ्नो संरक्षणमा रहेका नातेदार पीडित परिवारको तर्फबाट इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दर्ता गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

लामो समयदेखि यौन हिंसाको सिकार भइरहेकी बालिकाले चैत १६ गते आफन्तलाई घटनाबारे सुनाएकी थिइन् । उनले घटनाका बारेमा जानकारी गराएपछि उनका आफन्तले प्रहरीमा उजुरी गरेका थिए । 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment