२०७८ बैशाख ७ गते , मंगलवार

मोबाइल मनी जेठदेखि सञ्चालनमा आउने

मोबाइल मनी जेठदेखि सञ्चालनमा आउने :: Times of Pradesh

झापा । नेपाल  टेलिकम रााष्ट्रिय  वाणिज्य बैङ्कले  संयुक्त  रूपमा  ल्याउन  लागेको  मोबाइल मनी  जेठदेखि  सञ्चालनमा  आउने  भएको  छ । मोबाइल ब्यालेन्सको प्रयोग गरी इन्टरनेट नभएको अवस्थामा  पनि  कारोबार  गर्नसक्ने  उक्त  सुविधा ढिलोमा जेठदेखि सुरु हुने नेपाल डिजिटल पेमेन्ट कम्पनी (एनडीपीसी)का प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

बुधबार आयोजित  भर्चुअल  कार्यक्रममा  उनले  अहिले मोबाइल मनी सञ्चालनका लागि प्राविधिक रूपमा काम भइँरहेको बताए कार्यक्रममा   उनले   डिजिटल   भन्नासाथ निःशुल्क हुनुपर्छ भन्ने आमधारणामा परिवर्तन  आवश्यक रहेको  पनि  बताए ।

डिजिटलाइजेसनका  लागि  ठूलो  पुँजी  लगानी गर्नुपर्ने भएकाले त्यसलाई भरपर्दो दिगो बनाउन पनि  पूर्ण  रूपमा  निःशुल्क  गर्नु  सम्भव  नहुने उनको भनाइ छ । त्यस्तै डिजिटल फाइनान्सलाई द्रुत  गतिमा  अगाडि  बढाउन  उपकरण  आयातमा छुट सुविधा उपलब्ध गराउने पर्ने विषयमा पनि ध्यान दिनुपर्ने उनको सुझाव थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment