२०७८ बैशाख ७ गते , मंगलवार

विद्यालय बन्द गर्ने सरकारको निर्णयप्रति स्थानीय तहको असन्तुष्टि

विद्यालय बन्द गर्ने सरकारको निर्णयप्रति स्थानीय तहको असन्तुष्टि :: Times of Pradesh

झापा । स्थानीय आवश्यकताका आधारमा निर्णय गर्ने विकल्प नदिएको भन्दै स्थानीय तहले चार दिनका लागि विद्यालय बन्द गर्ने संघीय सरकारको निर्णयप्रति प्रश्न उठाएका छन् । स्थानीय सरकारसँग परामर्श र छलफल नगरी विद्यालय बन्द गर्न निर्देशन दिइएको भन्दै स्थानीय स्थानीय तहले संघीय सरकारको आइतबारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

वातावरणीय प्रदूषण बढेको जनाउँदै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि चार दिनका लागि विद्यालय बन्द गर्न सरोकारवाला सबैलाई निर्देशन दिएको थियो । मन्त्रालयको निर्णय अवज्ञा गर्दै झापाका स्थानीय तहले आज जिल्लाका सबै विद्यालयलाई पठनपाठन नरोक्न निर्देशन दिएका थिए ।

तर, संघीय सरकारको निर्णय अवज्ञा गरिरहन नमिल्ने जनाउँदै तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको भद्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेलले बताए । सञ्चालन भइरहेका परीक्षासमेत रोक्ने गरी भद्रपुर क्षेत्रका संस्थागत र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले २० गतेसम्म नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

वायु प्रदूषणको जोखिमबाट बालबालिकालाई बचाउन विद्यालय बन्द गर्नुपर्ने प्रामाणिक र वस्तुनिष्ट आधारबिना संघीय सरकारको निर्देशन आएको ठहर गर्दै प्रधानाध्यापकहरुको बैठकले पाठ्यक्रम प्रबोधिकरण तालिम र राष्ट्रपति रनिङ शिल्ड नरोक्ने निर्णय पनि गरेको छ । 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment