२०७८ बैशाख ७ गते , मंगलवार

बंगलादेशलाई हराउँदै नेपालले जित्यो त्रिदेशीय फुटबलको उपाधि 

बंगलादेशलाई हराउँदै नेपालले जित्यो त्रिदेशीय फुटबलको उपाधि  :: Times of Pradesh

काठमाडौं । त्रिदेशीय फुटबल कपको उपाधि नेपालले जितेको छ। आज दशरथ रंगशालामा नेपालले बंगलादेशलाई २–१ हराएको छ। पहिलो हाफमा लिएको २ गोलको अग्रता जोगाउँदै नेपालले उपाधि आफ्नो हातमा बनाएको हो। 

साढे पाँच बजे सुरु भएको खेलको पहिलो हाफको १८ मिनेटमा नेपालका लागि संजोग राईले पहिलो गोल गरेका थिए। त्यसैगरी पहिलो हाफकै ४३ मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए।  तर दोस्रो हाफमा बंगलादेशले १ गोल फर्कायो। गोल गरेसँगै बंगलादेशले दोस्रो हाफमा निकै सुधारिएको प्रदर्शन गरेको थियो।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment