२०८० चैत्र १६ गते , शुक्रबार

बिर्तामोड आउँदै अनुप्रस्था ब्यान्ड  

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ३ गते , मंगलबार
बिर्तामोड आउँदै अनुप्रस्था ब्यान्ड  

बिर्तामोड । भ्यालेन्टाइन विक फेस्टिभलको भव्य सफलता पछि हेवन वाटर पार्क बिर्तामोडले यही चैत ६ गते अनुप्रस्था ब्यान्ड ल्याउने भएको छ । अनुप्रस्था ब्यान्डले नेपाल टुर अन्तर्गत उपत्यकापछि पहिलो साङ्गीतिक कार्यक्रम आयोजनाका लागि झापाको हेवन वाटर पार्कलाई छनोट गरेको छ । नेपाल टुर अन्तर्गत ब्यान्डले पहिलो प्रस्तुति काठमाडौँ स्थित प्लाटिनियम क्लब गरेको थियो ।

पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको हेवन वाटर पार्कमा आन्तरिक पर्यटकको लागि साङ्गीतिक कार्यक्रम आयोजना गर्दै आएको पार्कका प्रबन्ध निर्देशक नेपाल रत्न सिवाकोटीले जानकारी दिए ।

अनुप्रस्था नेपाली युवाहरूले सर्वाधिक रुचाएको ब्यान्ड हो । सो ब्यान्ड हेवन आउने निश्चित भएपछि साङ्गीतिक प्रेमीहरू उत्साहित भएका छन् । साँझ ६ बजेदेखि सुरु हुने कार्यक्रममा सहभागी बन्न अग्रिम टिकट गर्नेलाई २५० र कार्यक्रम कै दिन टिकट गर्नेहरूलाई ३०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । सम्झेर मलाई, दिन त्यो पनि थियो अनुप्रस्थाको पछिल्लो चर्चित गीतहरू हुन् । भ्यालेन्टाइन विकमा हेवन वाटर पार्कमा मुक्ति एन्ड रिभाइभल, झिल्के एन्ड द कम्पनी र मन्की टेम्पलले बेजोड प्रस्तुति राखेको थियो ।

सम्बन्धित समाचार