२०८१ बैशाख ६ गते , विहीबार

बाल सुबोधिनीमा पूर्व विद्यार्थीले दिए खेल सामग्री

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १९ गते , बुधबार
बाल सुबोधिनीमा पूर्व विद्यार्थीले दिए खेल सामग्री

झापा । बाल सुबोधिनी माध्यमिक विद्यालयका तीन जना पूर्व विद्यार्थीले खेल सामग्री प्रदान गरेका छन् । वैदेशिक रोजगारको सिलसिलामा सिङ्गापुरमा रहेका पूर्व विद्यार्थीहरू राजन भट्टराई , कृष्ण कडरिया र कम्बोडियामा रहेका पूर्व विद्यार्थी नवीन काफ्लेले तेक्वान्दो खेलका लागि आवश्यक पर्ने विभिन्न प्रकारका ६० हजार मूल्यका खेल सामग्री प्रदान गरेका हुन् ।

उनीहरूका आफन्तले विद्यालय परिवारलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए । बाल सुबोधिनी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई हरेक बिहान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल सुब्बा र पूर्व विद्यार्थी विनोद भट्टराईले तेक्वान्दो खेलको प्रशिक्षण दिइरहेको विद्यालयका प्रधानाध्यापक विश्व थापाले जानकारी दिए ।

सम्बन्धित समाचार