२०७८ बैशाख ७ गते , मंगलवार

प्रेस संगठनको झापा भेला फागुन २४ मा

प्रेस संगठनको झापा भेला फागुन २४ मा :: Times of Pradesh

झापा । प्रेस संगठन नेपाल झापाले फागुन २४ गते बिर्तामोडमा जिल्लास्तरीय भेला गर्ने भएको छ । बिर्तामोडमा बुधबार सम्पन्न विस्तारित बैठकले जिल्ला कमिटीलाई पूर्णता दिँदै भेला सम्पन्न गर्ने निर्णय गरेको हो । प्रेस संगठनका जिल्ला संयोजक सुब्रत न्यौपानेको अध्यक्षतामा बसेको बैठकले संगठनमा आबद्ध पत्रकारको बलियो उपस्थितिमा भव्य कार्यक्रम गर्ने निर्णय भएको छ ।
हालै मात्र गठित प्रेस संगठनको संयोजकमा न्यौपाने, सहसंयोजकमा झुलन रेग्मी र अनिलदेव राई, सचिवमा उद्धव पुरी छन् ।
बैठकमा प्रेस संगठनका केन्द्रीय सदस्य विमल लामिछाने, प्रदेश नं। १ सह–इञ्चार्ज तिर्थ सिग्देल, प्रदेश सह– संयोजक मुक्ति पौडेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, प्रदेश सदस्य पुकार राजबंशीलगायतको उपस्थिति थियो ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment