२०७८ बैशाख ७ गते , मंगलवार

प्रदेश १ को प्रदेश सभा बैठक फेरि स्थगित, आगामी बैठक चैत्र २ मा

प्रदेश १ को प्रदेश सभा बैठक फेरि स्थगित, आगामी बैठक चैत्र २ मा :: Times of Pradesh

विराटनगर ।  बिहीबार (भोलि) का लागि तय भएको प्रदेश नम्बर १ को प्रदेश सभाको बैठक स्थगित भएको छ। प्रदेशसभा सचिवालयले बिहीबार बस्ने बैठक आगामी चैत्र २ गते सोमबारका लागि बस्ने सूचना टाँस गरेर स्थगित गरेको हो।

यसअघि फागुन ९ गते प्रदेशसभा बैठकमा मुख्यमन्त्री  शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेस भएसँगै फागुन २० गतेसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको थियो। प्रदेश सभा सचिवालयले जारी गरीएको सूचनामा भनिएको छ– ‘यस प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशनको चौथो बैठक मिति २०७७ साल फागुन २० गते बिहीबार दिनको १ः०० बजे बस्ने गरी तोकिएकोमा विशेष कारणले उक्त बैठक मिति २०७७ साल चैत्र २ गते सोमबार दिनको १२ः३० बजे प्रदेश सभाहल, प्रदेश नं। १, विराटनगरमा बस्ने व्यहोरा मानीनय प्रदेशसभा सदस्यहरुको जानकारीका लागि प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ९३० बमोजिम माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ ।’ थाहाखबरबाट



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment