२०७८ बैशाख ७ गते , मंगलवार

मेची पुलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

मेची पुलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ :: Times of Pradesh

झापा  । झापाको काँकडभिट्टास्थित मेची पुलबाट लागु औषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा पाँचथर आङना-४ घर भई हाल झापा दमक- १ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी-९ का २७ वर्षीय अनुप तामाङ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरूलाई मेचीनगर नगरपालिका ६ काँकडभिट्टा स्थित मेची पुलबाट लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मङ्गलवार दिउसो पक्राउ गरेको हो । 

प्रहरीले खत्रीलाई ३ ग्राम ब्राउनसुगर र तामाङलाई १ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।  पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment