२०७८ बैशाख ७ गते , मंगलवार

प्रधानमन्त्री ओलीद्वारा 'प्रदेश गौरव भिलेज'को उद्घाटन, ३७ विपन्न परिवारले पाए नयाँ घर

प्रधानमन्त्री ओलीद्वारा 'प्रदेश गौरव भिलेज'को उद्घाटन, ३७ विपन्न परिवारले पाए नयाँ घर :: Times of Pradesh

झापा । झापाको बिर्तामोडमा निर्माण गरिएको प्रदेश गौरव भिलेज (नमुना बस्ती)को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । 
बिर्तामोड नगरपालिका, ह्याविट्याट नेपाल र सहारा नेपालको साझेदारीमा निर्माण गरिएका ३७ वटा आवासलाई प्रधानमन्त्री ओली मङ्गलवार एक समारोहका बिच उद्घाटन गर्दै हस्तान्तरण गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले छिटो छिटो सरकार विकासको काममा जुटेका छन् ।  

आवास नभएका जनताका लागि सरकार यस्तै नमुना बस्ती बनाएर हस्तान्तरण गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, 'फुस र खरका छानाहरू विस्थापित गरी टिनको छाना लगाउने योजनामा सरकार छ, त्यसका लागि सरकारले बजेट निकासी गर्छन् स्थानीय सरकारले समन्वय गर्नु पर्यो ।' 
हर्चना टुनटुनवारी नमुना आवास निर्माण उपभोक्ता समितिले २०७६ पुस देखि २०७७ मङ्सिर महिनाभित्र ३७ वटा आवास निर्माण गरेको निर्माण समितिका अध्यक्ष युवराज गौतमले जानकारी दिए । बिर्तामोड नगरपालिका ८ स्थित पुरानो बाटो र अरूको जग्गामा आश्रय लिएर बसेका ३७ परिवारका लागि शौचालयसहित बनेको प्रति घरमा चार लाख रुपैयाँ लागत लागेको जनाइएको छ । जम्मा एक करोड ४० लाख लागतमा निर्माण भएको घरमा बिर्तामोड नगरपालिकाले ७० लाख र ह्याविट्याट नेपालको ७० लाख आर्थिक सहयोगलाई सहारा नेपालले परिचालन गरेको थियो ।

आवासमा तीन वटा कोठा र एउटा बरन्डा रहेको छ ।  विपन्नको आवास निर्माणका लागि भद्रपुर ८ निवासी धनजुजु श्रेष्ठ, राधादेवी श्रेष्ठ र कमला देवी श्रेष्ठले करिब १ विगहा ३ कट्ठा जमिन निःशुल्क प्रदान गरेका थिए । निर्माण गरिएका आवासमा धिमाल, सन्थाल र चौधरी समुदायले बसोबास गर्ने जनाइएको छ । यता टिनसहितको पक्की घर पाएपछि उनीहरूको परिवारमा खुसीयाली छाएको छ ।   
 



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment