२०७८ बैशाख ७ गते , मंगलवार

इलाममा ब्राउन सुगरसहित चार जना पक्राउ

इलाममा ब्राउन सुगरसहित चार जना पक्राउ :: Times of Pradesh

इलाम। इलाममा ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका १० का २३ वर्षीय दियोग राई, देउमाई नगरपालिका ४ का १८ वर्षीय प्रवेश तिरुवा विश्वकर्मा, इलाम नगरपालिका ५ का ३५ वर्षीय योगेश राई र फिदिम नगरपालिका १० का २३ वर्षीय अनिल लिम्बु रहेको प्रहरी कार्यालय इलामले जनाएको छ । 

सोमबार बेलुका ५ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ७५० मिली ग्राम ब्राउनसुगर, स्टिलको प्लेट थान १, नेपाली ५ को नोट थान ३ र लागु औषध सेवन गर्ने ढुङ्ग्रोसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment