२०७८ बैशाख ७ गते , मंगलवार

सशस्त्र प्रहरी बल पकली सेमिफाइनलमा प्रवेश

सशस्त्र प्रहरी बल पकली सेमिफाइनलमा प्रवेश :: Times of Pradesh

बाहुण्डाँगी । मेचीनगर ३ बडाखालमा जारी नव ज्योति नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बल पकली सेमिफाइनलमा प्रवेश गरेको छ । नव ज्योति युवा क्लबको आयोजनामा नव ज्योति निमाविको खेल मैदानमा सोमवार भएको खेलमा कनकाई ११ सुरुङ्गालाई ५–१ को फराकिलो गोल अन्तरले पछि पार्दै पकलीले सेमिफाइनलको यात्रा तय गरेको हो ।

जितका लागि सशस्त्रका बिजु भुजेलले ह्याट्रिक गरे भने मौसम सुब्बा र सनोज कार्कीले १÷१ गोल गरेका थिए । सुरुङ्गाका तर्फबाट सौरभ साउदेनले सान्त्वना गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सशस्त्रका विजु भुजेल भए । उनलाई धनबहादुर थापाले सौजन्य गरेको नगद पुरस्कार प्रदान गरिएको थियो ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment