२०७८ बैशाख ७ गते , मंगलवार

चिया प्रशोधन कारखाना पृथ्वीनगरको नाफा एक करोड ४३ लाख

चिया प्रशोधन कारखाना पृथ्वीनगरको नाफा एक करोड ४३ लाख :: Times of Pradesh

झापा । साना किसान कृषि सहकारी संस्था पृथ्वीनगर अन्तरगत चिया प्रशोधन कारखाना इकाइको छैटौँ साधारणसभा शुक्रवार सम्पन्न भएको छ । भद्रपुर नगरपालिका १ का वडाध्यक्ष दशरथ प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा इकाई अध्यक्ष बालकृष्ण गिरी र लेखा समिति संयोजक शिवराज राजभण्डारीले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतिले पास भएको छ । व्यवस्थापक देवीप्रसाद कोइरालाले संस्थाको गतिविधिका बारेमा प्रकाश पारेको कार्यक्रममा उपाध्यक्ष सीताकुमारी गुरुङले स्वागत गरेकी थिइन्।

भेलाले ९ करोड, ३ लाख ३० हजारको बजेट पास गरेको छ भने नर्सरी स्थापना गरी किसानलाई सर्वसुलभ रुपमा चियाको बिरुवा वितरण गर्ने योजना पास गरेको छ । चिया कारखानामा २२७ जना किसान आबद्ध छन् ।संस्था आबद्ध किसानले २०४ बिघामा चिया खेती गरेका छन् ।

यो वर्ष कारखानाले १ करोड ४३ लाख ११ हजार नाफा कमाएको छ । कारखानाले यो वर्ष ३७९ मेट्रिक टन सिटिसि चिया उत्पादन गरेको जनाइएको छ । कारखानाले संरक्षित पुँजी कोषको रकम वितरण, प्रतिमहिना कारखाना आबद्ध किसानलाई निःशुल्क एक केजी चिया,लाभांश वितरण, काटछाँट कोष सञ्चालन र सेवा,एक कित्ता सेयर बराबर दसैँमा दुई किलो चिया, ढुवानी भाडा लगायत आठ प्रकारका सेवा उपलब्ध गराउँदै आएको व्यवस्थापक कोइरालाले बताए ।

सभाका वक्ताले भद्रपुर नगरपालिका र प्रदेश सरकारले किसानको संस्थालाई सहयोग नगरेको गुनासो गरेका छन् । उनीहरूले वडाध्यक्ष प्रधानलाई कारखानालाई १० लाख बजेट उपलब्ध गराइ दिन माग गरे । वडाध्यक्ष प्रधानले सक्दो सहयोग गर्ने वचन दिएको लेखा संयोजक राजभण्डारीले बताए ।



टाइम्स अफ प्रदेश अनलाइन न्युज पाेर्टलमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@timesofprdesh.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र युट्युबमा पनि जोडिन सक्नुहुन्छ




Leave a comment