२०८१ बैशाख ६ गते , विहीबार

अभिनेत्री करिना कपुरले दोस्रो सन्तान जन्माइन्

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन ९ गते , आईतबार
अभिनेत्री करिना कपुरले दोस्रो सन्तान जन्माइन्

एजेन्सी । बलिउड अभिनेत्री करिना कपुरले दोस्रो सन्तान जन्माएकी छिन्‌। भारतीय संचारमाध्यमाका अनुसार करिनाले मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा आइतबार बिहान ९ बजे छोरा जन्माएकी हुन्। करिना र बच्चा दुवैको स्वास्थ्य राम्रो भएको बताइएको छ। करिना र सैफ अलि खानको विवाह सन् २०१२ मा भएको हो। यसअघि सन् २०१६ मा उनीहरूले छोरा तैमुर अलि खानलाई जन्म दिएका थिए।

सम्बन्धित समाचार