एजेन्सी । फिल्म 'एमएस धोनीस् द अनटोल्ड स्टोरी' मा सुशांतसिंह राजपूतका सरदार साथीको भूमिका निभाएका अभिनेता सन्दीप नाहरले आत्महत्या गरेका छन् । मंगलबार गोरेगांवको आफ्नै निवासमा उनले आत्महत्या गरेका हुन्। सोमबार साँझ उनले सोशल मिडियामा ९ मिनेटको भिडियो र सुसाइड नोट पोस्ट गरेका थिए। प्रहरीले आत्महत्या हो वा होइन् भन्ने बारे अनुसन्धान गरिरहेको छ। डीसीपी विशाल ठाकुरले भने, 'नाहरको शरीर झुण्डिएको अवस्थामा थियो।,
उक्त शवलाई पोष्टमार्टमको लागि अस्पताल पठाइएको छ। मृत्युको कारण रिपोर्ट आएपछि मात्र पत्ता लाग्ने प्रहरीले जनाएको छ।
जीवनका उतारचढावहरु आउँछन्, मैले हरेक समस्याको सामना गरेँ, अहिले मैले भोगिरहेको जिन्दगी सामना गर्न सकिने खालको छैनु, सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा नाहरले भनेका छन्, 'मलाई थाहा छ ? आत्महत्या गर्नु कायरता हो। मैले बाँच्नुको कुनै कारण छैन। बाँच्नुको अर्थ केरु जब शान्ति र आत्म-सम्मान छैन।'
Leave a comment