झापा । समाजमा फरक पहिचान बोकेका तेस्रोलिङ्गीहरु अझै पनि लुकिछिपी बाँच्न विवश छन् । हाम्रो जस्तो समाजमा उनीहरू खुलेआम सामाजिक कार्यमा सहभागी हुन समेत अप्ठेरो मानिरहेका हुन्छन् । समाजमा भोग्नुपर्ने तितो अनुभवहरूलाई समेटिएको तेस्रो लिङ्गीको जीवनमा आधारित 'मनचरी' म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको छ ।
आदेश पौडेलको स्वर, शब्द र सङ्गीतमा बनेको 'मनचरी' गीतमा निर्देशक विशाल शर्माले तेस्रो लिङ्गीको कथावस्तुलाई उठाउन खोजेका छन्। महिला र पुरुष जस्तै समान अधिकार र माया तेस्रो लिङ्गीहरूले यो समाजमा त्यो अनुभव गर्न पाएका छैनन् भन्ने कुरालाई म्युजिक भिडियोको कथामा देखाउन खोजिएको छ।
गीतको छायाङ्कन भद्रपुर र बिर्तामोडका विभिन्न स्थानमा गरिएको थियो । गीतलाई एरेन्ज राहुल विश्वकर्माले गरेका छन् भने मिक्स मास्टर राजीव एन्ड्र्यु श्रेष्ठले गरेका छन्। गीतलाई सरोज श्रेष्ठले छायाङ्कन गरेका थिए । गीतको सम्पादन जेसन लोप्चनले गरेका छन् । गीतको म्युजिक भिडियो बिहीबार आदेश पौडेलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
Leave a comment