Ultimate magazine theme for WordPress.

काँकडभिट्टामा ब्राउन सुगरसहित श्रीमान–श्रीमती पक्राउ

Muna

भद्रपुर । झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित श्रीमान– श्रीमती पक्राउ परेका छन् । बुधबार दिउँसो २ बजे मेचीनगर नगरपालिका वडा नं। १३ चारआली बजारमा जिल्ला प्रहरी कार्यालय झापा,प्रहरी चौकी चारआली र लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा श्रीमान–श्रीमतीलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नं. १ बाहुनडाँगी बस्ने २१ वर्षिय सुजन राजपुत र उनकी श्रीमती १८ वर्षिया पुजा राजपुत (मगर) रहेका छन् । उनीहरुको साथबाट १० ग्राम ब्राउनसुगर बरामद गरी ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Comments are closed, but trackbacks and pingbacks are open.