Ultimate magazine theme for WordPress.

सिटी सफारी दुर्घटना हुँदा एक महिलाको मृत्यु

Muna

मोरङ । सिटी सफारीको दुर्घटनामा परेकी एक महिलाको मृत्यु भएको छ। विराटनगर महानगरपालिकाको सरोचियामा मंगलबार भएको सफारी दुर्घटनाका क्रममा घाइते भएकी ६८ वर्षीया प्रभा पोखरेलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार दिउँसो करिब साढे १ बजे घाइते पोखरेलको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।सडकमा तीव्रगतिमा गुडिरहेको मोटरसाइकललाई जोगाउने क्रममा सफारी सडकमा पल्टिएको प्रवक्ता राईले जानकारी दिए। सफारी सडकबाट खाल्डोमा पल्टिन पुग्दा पोखरेल गम्भीर घाइते भएकी थिइन्।प्रहरीले सफारी चालक सुनसरी बर्जु गाँउपालिकाका ३० वर्षीय कृष्णकुमार साहलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।

Comments are closed, but trackbacks and pingbacks are open.