Ultimate magazine theme for WordPress.

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी झापा कारागार चलान

Muna
भद्रपुर । जबरजस्ती करणी उद्योग मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी झापा कारागार चलान गरेको छ । जबरजस्ती करणी उद्योग मुद्दामा उच्च अदालत विराटनगर, इलाम इजलासले २०७४ पुस २६ गतेको फैसला अनुसार लीलाबहादुर कार्कीलाई पाँच वर्ष कैद सजाय ठहर गरेका थिए ।
साबिक शनिश्चरे गाविस ९ हाल अर्जुनधारा नगरपालिका बस्ने कार्कीलाई झापा प्रहरीले पुस २७ गते पक्राउ गरेको प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उनलाई झापा जिल्ला अदालतमा पेस गरी कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।

Comments are closed, but trackbacks and pingbacks are open.