Ultimate magazine theme for WordPress.

चुरोट नखानू भनेर विद्यार्थीलाई झापड हान्दा कुटिए प्रधानाध्यापक पोखरेल

Muna
उर्लाबारी  । विद्यार्थीलाई चुरोट नखानू भनेर सामान्य झापड हान्दा उर्लाबारीस्थित राधिका माविका प्रधानाध्यापक कुमार पोख्रेल कुटिएका छन् ।
सोमबार बिहान विद्यालयको गेट अगाडी आफ्ना विद्यार्थीलाई चुरोट नखानू भनेर सम्झाउने क्रममा उनीमाथि कोकको बोतलले विद्यार्थीले प्रहार गरेका हुन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलका अनुसार विद्यालयमा कक्षा १२ अध्ययनरत निश्चल गुरुङले गेट अगाडी चुरोट खाइरहेका थिए । त्यही बेला प्रअ पोख्रेलले विद्यार्थी गुरुङलाई चुरोट नखा भन्दा विवाद गरे । विद्यार्थीले मुखामुखे लागेपछि प्रअ पोख्रेलले झापड हानेका थिए । त्यसैको झोँकमा गुरुङले पोख्रेलको टाउकोमाथि कोकको बोतलले प्रहार गरेको उनले बताए ।
उक्त घटनामा संलग्न अन्य दुई जना विद्यार्थी फरार छन् । यता प्रअ पोख्रेलको सोमबार नै थप उपचारका लागि नोबेल अस्पताल विराटनगरमा लगिएको थियो ।
यसैबिच उक्त घटनालाई लिएर विद्यालय कर्मचारी परिषद् उर्लाबारी, एनअनेशि सङ्गठन ,नेपाल शिक्षक सङ्घ, नेराशि. सङ्गठन उर्लाबारी नगर समितिले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै घटनाको घोर भर्त्सना गरेको छ । उनीहरूले उक्त घटनामा संलग्नलाई हदैसम्मको कारबाही र फरारहरूलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न अपिल समेत गरेका छन् । मङ्गलवारे पेजबाट

Comments are closed, but trackbacks and pingbacks are open.