Ultimate magazine theme for WordPress.

तीन फरार प्रतिवादी झापा कारागार चलान

Muna

झापा । विभिन्न मुद्दाका तीन फरार प्रतिवादीलाई पक्राउ गरी झापा कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा कर्तव्य ज्यान, सवारी ज्यान र बहुविवाहका एक–एक जना प्रतिवादी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका भुटानी शरणार्थी बेलडाँगी शिविर २ का सेक्टर जी ४ छाप्रा नम्बर ७८ बस्ने ४० वर्षीय देवी चरण द्यौरालीलाई प्रहरीले शनिवार लहानबाट पक्राउ गरेको थियो । उनलाई अदालतले २०६९ जेठ २ गते १० वर्षको कैद सजाय सुनाएको थियो । सवारी ज्यान मुद्दाका प्रतिवादी गौरादह ५ घर भई हाल दमक १ बस्ने अर्जुन ताज पुरिया शनिवार दमकबाट पक्राउ परेका थिए । उनलाई अदालतले २०७५ चैत २८ गते दुई वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

त्यस्तै बहुविवाह मुद्दाका प्रतिवादी गौरादह ९ बस्ने ३९ वर्षीय गणेशप्रसाद घिमिरे पनि शनिवार नै पक्राउ परेका छन् । उनलाई अदालतले २०७५ चैत १४ गते दुई वर्ष कैद सुनाएको थियो ।

Comments are closed, but trackbacks and pingbacks are open.