Ultimate magazine theme for WordPress.

 विराटनगरको श्रम तथा रोजगार कार्यालयमा तोडफोड

Muna
विराटनगर । विराटनगर–३ स्थित श्रम तथा रोजगार कार्यालयमा आइतबार दिउँसो १ः३० बजे तोडफोड गरिएको छ । सुनसरीको दुहबी–८ स्थित अरिहन्त मल्टिफाइबरमा कार्यरत रमेश थापा र सुशील गच्छदारले कार्यालयमा तोडफोड गरेका हुन् ।
जुटिलमा कार्यरत थापा नेपाल कारखाना श्रमिक सङ्घ प्रदेश १ का अध्यक्ष र गच्छदार सुनसरी अध्यक्ष हुन् । उनीहरूले कार्यालय हाताभित्र प्रवेश गरेर पूर्वतर्फको सिसाको झ्यालमा ढुङ्गाले हानेर फुटाएका छन् । कार्यालयका प्रमुख वरिष्ठ श्रम अधिकृत प्रेम प्रसाद सन्जेलले कार्यालयमा तोडफोड गर्नेका विरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गाली बेइज्जती ऐन र सार्वजनिक अपराध ऐन मुताबिक कारबाहीको माग गर्दै निवेदन निवेदन दिनु भएको छ ।
उनीहरूले सरकारी कार्यालय भित्र हुल हुज्जत र गाली बेइज्जती गरेको भन्दै तत्काल पक्राउ गरी कारबाहीको माग गरिएको छ । साथै कार्यालयमा बसेर काम गर्न असुरक्षित भएको भन्दै हतियारसहितको सुरक्षाकर्मीको व्यवस्था मिलाइदिन माग समेत गरिएको छ । श्रम तथा रोजगार कार्यालय विराटनगरमा पछिल्लो समय भारतीय लगानीको आरती स्ट्रिप्सबाट मजदुर निकालिएको मुद्दाको प्रक्रिया चलिरहेको छ । त्यसलाई समेत प्रभावित बनाउने योजनासहित हुल हुज्जत गरिएको दाबी गरिएको छ । आवर विराटनगरबाट

Comments are closed, but trackbacks and pingbacks are open.